मित्रताको आडमा चीनले नेपाललाई धोखा दिदै नेपाली नागरिकलाई उत्पीडनको शिकार बनाउदै

एजेन्सी – ठूला राष्ट्रको विचमा हिमाल पहाड तराईको सौन्दर्यताले भरपुर रहेका देश नेपाल अवस्थित रहेको छ । नेपालमा आफनो प्रभुत्व जमाउनुको साथै आफू अनुकुल राख्न बारम्बार उत्तरी मुलुक चीनले गिद्धे नजर राख्ने गरेको छ । चाहे यहाँको राजनीतिक, भौगोलिक, साँस्कृति अखण्डता माथि पटक पटक मित्रताको आडमा आक्रमण गरेर आफनो बनाउन पछि नपर्ने चीन माथि विस्तार नेपाली जनताहरुको विश्वास उठिरहेको पाइएका छन् ।
चीनले जुन सुकै देशमा आफनो यसरी कुटनीतिक चाल मार्फत फसाउँछन् त्यो देशको केही दिनमै उठिबास एवं चरम आर्थिक संकटमा पारेर कंगाल बनाउने नीति विश्वमै सर्वविदितै रहेका हुन् ।
चीनले बारम्बार मित्रताको बहानामा धोका मात्र दिँदै आएको कुरा कसैबाट लुकेको छैन । चीनले ‘मित्र’ को उपमा दिएको नेपाललाई पनि छुरा प्रहार गर्नमा पछि पर्दैन चाहे विआरआईको प्रोजेक्ट होस वा विभिन्न लगानीको मार्फत तयार पारिएका इन्फ्रास्ट्रक्चर नै किन नहोस सबैमा चीनले धोखाधडी गर्दै आएका छन् ।

नेपालबाट चीनमा विभिन्न काम विशेषले गएका नेपाली नागरिकहरुलाई चीनमा प्रताडित गरिने गरेको कुराको अहिले खुलासा भएको छ । चीनले नेपाली नागरिक प्रतीक यादवलाई कुनै दोष बिनानै छेंग्दुस्थित कारावासमा थुनेर राखेको कुराले चीनको प्रवृत्ति नेपाल प्रति कस्तो रहेको छ भने बुझिन सकिन्छ ।

मित्रताको बहाना गर्दै पहिले चीन नेपालको नजिक आयो, तर अहिले विभिन्न माध्यमबाट नेपालमा चिनियाँ नागरिकहरुको साथै चिनियाँ सरकारी स्तरबाट थिच्ने मिच्नुको साथै विभिन्न अपराधिक कार्यमा संलग्न रहदै आएको छ ।
नेपालबाट चीनमा विभिन्न काम विशेषले गएका नेपाली नागरिकहरुलाई चीनमा प्रताडित गरिने गरेको कुराको अहिले खुलासा भएको छ । चीनले नेपाली नागरिक प्रतीक यादवलाई कुनै दोष बिनानै छेंग्दुस्थित कारावासमा थुनेर राखेको कुराले चीनको प्रवृत्ति नेपाल प्रति कस्तो रहेको छ भने बुझिन सकिन्छ ।
प्रतीक यादव चीन भ्रमणमा गएका थिए, तर अकारण नै प्रतीकलाई त्यहाँ विभिन्न प्रकारका प्रपञ्चहरू रचेर यातना दिने काम भयो । विभिन्न बहानामा दोषी ठहर गर्दै उनलाई कारावासमा थुन्ने काम चीनद्वारा गरियो । छेंग्दु स्थित नेपाली वाणिज्यदूत लगायत यस कुराबारे जानकारी लिइरहेको भए तापनि नेपाली दुतावासले भने प्रतीकलाई जन्मभूमि फर्काएर ल्याउनमा उचित पहल चाल्न नसक्दा चीनको मनोबल अझ बढेर गएको छ ।
चीनको अगाडि आफूलाई बलियो रूपमा प्रस्तुत गर्दै आफ्नो नागरिकलाई स्वदेश फर्काउनमा नेपालले सक्दो प्रयास गर्नु पर्ने स्थिति आइपरेको छ । चीनले बारम्बार नेपाललाई आफ्नो इशारामा नचाउन खोजिरहेको छ । आफ्नो मर्जीअनुसार नेपालको प्रयोग गर्ने उद्देश्यले ओतप्रोत भएको चीनले नेपाललाई मित्र राष्ट्रको संज्ञा दिएको भए तापनि नेपालमा आफ्नो प्रभाव विस्तार गर्नमा चीन तल्लिन देखिन्छ । वास्तवमा चीनको प्रमुख उद्देश्य नै आफ्नो महत्वकांक्षालाई पुरा गर्नु र आफ्नो पकड़लाई बलियो बनाउनु हो ।
एकातिर चीनले नेपालमा विभिन्न परियोजनाहरू कार्यन्वय गर्न खोजेर दोस्तीको विसात खडा गर्न खोजिरहेको छ भने अर्कोतिर नेपालको सार्वभौमसत्तालाई आघात पुर्याउने कार्य गरिरहेको छ । चीनले थाहै नपाइ नेपाललाई आफ्नो मुठ्ठीमा पार्ने खोज्दैछ । नेपाली नागरिकलाई विभिन्न प्रकारका यातनाहरू दिने काम चीनले गरिरहेको छ ।
चीनले कहिले नेपालको भूमि कब्जा गरेर भवन बनाउने गर्दछ । कहिले नेपाली महिलाहरूसँग दुष्कर्म गर्ने र बन्दी बनाइ उनीहरूको शोषण गर्ने गरिरहेको छ । नेपालसँग जोडिएका नाकाहरूलाई विगतमा बन्द गर्नाले नेपाली व्यापारीहरूले अरबौँको नोक्सानी बोहोर्नु परेको कुरा सर्वविदितै छ । नेपाली सामानको ढुवानीमा रोक लगाउनका कारण व्यवसायीहरूले धेरै संकटमा परेर उठिबास हुनु परेको छ ।
अहिले नेपालभित्र पनि चीनको करतुतहरू उजागर भईरहेको छ । अवैध कल सेन्टरहरू सन्चालित गरेर चीनले धोकाधडीको खेल खेलिरहेको छ । अर्कोतिर नेपाली नागरिकलाई अकारण नै बन्दी बनाएको कारण चीनको कुत्सित प्रवृत्ति झल्किरहेको छ ।
उइगर समुदायका मुसलमानहरूलाई वर्षौँदेखि प्रताडÞित गर्दै आएको चीनले अहिले नेपाली नागरिकलाई पनि यातना दिएर मानव अधिकारलाई नै खतरा उत्पन्न गराएको छ । नेपालका परराष्ट्र मन्त्रालयले यस्ता कतिपय कुराहरूमा जुन प्रकारले पदक्षेप चाल्नु पर्ने थियो तर त्यस प्रकारले कारवाही नगर्दा भोलिको दिन स्थिति अझ भयाभय हुने विज्ञहरु बताउँछन् ।
परराष्ट्र मन्त्रालय यसप्रति पूर्ण रूपमा जवाबदेही भएको कारण चीनसँग प्रश्न गरेर सम्पूर्ण समस्याको यथाशीघ्र समाधान निकाल्ने दिशामा पहल गर्नु पर्छ । एशियामा आफ्नो जरो फैलाउने उद्देश्यमा लागिपरेको चीन आफ्नो बीआरआई प्रोजेक्टको माध्यमले आफ्नो वर्चस्व स्थापित गर्न चाहन्छ ।
चीनको भित्री नियतलाई बुझेर समयमा नै सरकारले देशलाई सुरक्षित बनाउने दिशामा काम गर्नु पर्दछ । प्रतीक यादव एक नेपाली नागरिक भएको कारण चीनले उनलाई दिएको यातनाबाट चीनको नेपाल प्रतिको व्यवहार स्पष्ट झल्किरहेको छ । प्रतीक यादवलाई उचित न्याय दिलाउन र चीनको स्वार्थपूर्तिको शिकार बन्नबाट आफूलाई जोगाउन नेपाल सरकारको भूमिका यतिबेला महत्वपूर्ण छ ।
यस्तो जटिल परिस्थितिमा पनि यदि सरकारले मुखमा ताला लगाएर हात बाँधेर बस्यो भने भोलिको दिनमा देशको भविष्य अन्धकारमय बन्नेछ । र श्रीलंका, पाकिस्तान जस्तो अवस्था नेपालको हुन वेर लाग्दैनन त्यसैले सजग भएर नेपाल सरकार अन्तरराष्ट्रिय मञ्चमा चीन विरुद्ध स्पष्ट रुपमा आवाज उठाउनु नितान्त जरुरी देखिन्छ ।