सी जिनपिङ तेस्रो कार्यकालको लागि चीनको राष्ट्रपति बने
२६ फाल्गुन २०७९, शुक्रबार

चिन, २६ फागुन । सी जिनपिङ तेस्रो कार्यकालको लागि चीनको राष्ट्रपति बनेको छ ।
१४ औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएको हो ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेसका झण्डा ३ हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया