अफगानिस्तानलाई राहत दिदै भारतले २० हजार मेट्रिक टन गहुँ पठाउने

काबुल : भारतले इरानको चाबहार बन्दरगाह हुँदै अफगानिस्तानलाई मानवीय सहायता दिने घोषणा गरेको छ । यो बन्दरगाह विगतमा अफगानिस्तानमा सहायता पठाउन प्रयोग हुँदै आएको थियो, तर तालिबानले कब्जा गरेपछि भारतले यस मार्गबाट ​​सहायता पठाउने यो पहिलो पटक हो। तालिबानले भारतको यो निर्णयको स्वागत गरेको छ । तालिवानको तर्फबाट यस्तो कदमले दुई देशबीचको विश्वास बढाउने बताएको छ । भारतले २० हजार मेट्रिक टन गहुँ पठाउने भएको छ ।

भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले अफगानिस्तानमा मानवीय संकट छ । यो अवस्थालाई पार गर्न भारतले चाबहार बन्दरगाहबाट अफगान जनतालाई २० हजार मेट्रिक टन गहुँ पुर्‍याउनेछ। २०२० मा, भारतले चाबहार बन्दरगाहबाट मानवीय सहायताको रूपमा अफगानिस्तानलाई ७५,००० मेट्रिक टन गहुँ पठाएको थियो। भारतको यो सहयोगले अफगानिस्तानका मानिसहरूलाई ठूलो मात्रामा मद्दत हुनेछ ।

तालिबानद्वारा भारतको उक्त निर्णयको स्वागत गरेको छ ।

तालिबानले भारतको यो निर्णयको स्वागत गरेको छ । मिडिया रिपोर्टका अनुसार तालिबानका तर्फबाट सुहेल शाहिनले भने, ‘चाबहार बन्दरगाहबाट अफगान जनतालाई २०,००० मेट्रिक टन गहुँ पुर्‍याएकोमा हामी धेरै प्रशंसा गर्छौं। यस प्रकारको मानवीय कदमले दुवै देशमा विश्वास बढाउँछ, जसले सकारात्मक पारस्परिक सम्बन्धलाई निम्त्याउँछ। गत वर्ष पनि भारतले अफगानिस्तानका जनतालाई ठूलो मात्रामा मानवीय सहायता पठाएको थियो ।

भारत सरकार तालिवानले कब्जा गरेको सरकार लाई मान्यता दिएको छैन तर भारतले बिश्व सामु मानवीय सहयोग दि मानवता को रक्षा गर्ने आफ्नो अभियान निरन्तर जारी राखेको छ । अहिले भारतको मोदी सरकार माथी मुस्लिम बिरोधि र कट्टर हिन्दु वादी आरोप लगाउने भारतिय मुस्लिमहरु यता पनि हेर्न जरुरी रहेको छ जहाँ भारत सरकारले अफगानिस्तानका करोडौं मुस्लिम जनतालाई राहत प्रदान गर्दै आएको छ । अफगानिस्तानमा पनि मुस्लिम समुदाय बसोबास बढी रहेको छ।