नेपाली नागरिकप्रति चीनको दुर्ब्यवार
२४ फाल्गुन २०७९, बुधबार

एजेन्सी – चीनमा अध्ययन तथा रोजगारीका लागी गएका नेपाली नागरिकहरुमाथी चीन सरकारले तेस्रो दर्जाको ब्यवहार गर्ने गरेकोछ।धेरै नेपालीहरु चीन सरकारको अनावश्यक प्रक्रियागत कानुनको सिकार भएका छन।
अध्ययनका लागि गएका विद्यार्थी,रोजगारका लागि गएका कामदार र पर्यटकको रुपमा चीन गएका नेपाली नागरिकहरुलाई अनावश्यक झन्झटिला कानुनहरुको प्रयोगगरि त्यहाका प्रहरीहरुले दुर्ब्यहार गर्ने गरेका छन।नेपाली नागरिकलाई अति तल्लो स्तरमा हेर्ने चीन सरकारको नितिका कारण धेरै नेपालीहरुले चीनमा दुख पाइरहेका छन।विशेष गरेर पर्यटक भिषामा आएका नेपाली हरुलाई बढी दुखदिने,गिरफ्तारी गर्ने हिरासतमा राख्ने गरेको छ ।केही समय अघि पर्यटक भिसामा चीन आएका नेपाली नागरिक प्रतीक यादवलाई बिना कारण पक्राउ गरि छेन्दु स्थित कारावासमा थुनेर राखेको छ।
उनी सामान्य नागरिक सरह छेन्दुको भ्रमण गर्न गएकाथिए तर चीनिया आधिकारिले विभिन्न बहाना बनाएर पूर्वाग्रहको साथमा उनलाई याताना सहित हिरासतमा राखेको छ।उनी नेपाली बाणिज्यदूतावासको सम्पर्कमा भएपनि दूतावासले उनको रिहाई र नेपाल फर्काउने बारे कुनै ठोस कदम चालेकोछैन।यो त प्रतिनिधि उदाहरण मात्र हो । अझ धेरै नेपाली चीनका विभिन्न जेलमा यातना सहित बन्धीजीवन बिताइरहेका छन।चीनले नेपाल र नेपाली माथी गरेका कैयौ दुव्र्यवहार घटनाहरु साक्षी रहेकाछन।
चिनिया दोहोरो चरित्रको प्रत्यक्षमार नेपाली नागरिकहरुले भोगीरहेका छन।एकातिर बाट सहयोग गरे जस्तो गर्ने अर्को तर्फ नेपालको आन्तरिक राजनितिमा कुटनैतिक हस्तक्षेप गर्ने र चीनमा रहेका वा चिनिया सिमामा बसोबास गरेका नेपालीहरु माथीको दुरव्यबहारले चीन नेपाल र नेपाली माथी सकारात्मक छैन भन्ने पुस्टि गर्दछ।चीनले येति मात्र हैन नेपाली ब्यवसाहीहरुलाइ सिमामा दुख दिने,अनेक झमेला लगाइ दिने,नेपाल निर्यात हुने सामानहरु रोक लगाउने,कोभिड र कमसल उत्पादन भन्दै नेपालका उत्पादित बस्तुहरुलाई चीन निर्यातमा रोक लगाउने नेपाली ब्यवसायी हरुलाई धम्क्याउने, कष्ट दिने जस्ता अमानबिय ब्यवहारहरु गर्दै आइरहेको छ।
सिमामा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाइ अत्याचार गरेर आफ्नो तानाशाहि प्रबृत्तिलाई देखाइरहेको छ।नेपालको पररास्ट्र मन्त्रालयलाई यी विषयमा सबै जानकारी भय पनि एस्ता विषयमा कुनै कुटनैतिक पहल गरेको देखिदैन ।नेपाल सरकारले पनि आफ्ना नागरिकको विषयमा कुटनैतिक पहल कदमी गर्नुपर्ने देखिन्छ।प्रतीक यादब जस्ता धेरै नेपाली नागरिक बिनाकारण चीनका जेलहरुमा बन्धीजिवन बिताइरहदा उनीहरुको अवस्थाका बारेमा चीन सरकार सग कुटनैतिक रूपमा आफ्ना भनाइहरु राख्न सक्नुपर्दछ।
नेपाली चेलीहरुलाई बिहेका प्रलोभन देखाएर चीन तर्फ तस्करी गर्ने र बन्धी बनाउने जस्ता घृणितकार्यमा पनि चीनियाहरुकै सम्लग्नता रहदै आइरहेको छ। नेपाल सग सिमा जोडिएको मुलुक भएकोले धेरै नेपालीहरु सिमापार रोजगारीका लागि जाने गरेकाछन तर त्यहा उनीहरुलाई अति निच व्यबहार गरिदै आइरहेको छ ।चिनिया कानुन उल्लंघनको बहानामा नेपालीहरु माथी कुटपिट हुने,मजदुरिको पैसा नदिने,बन्दी बनाउने जस्ता क्रियाकलाप चीनबाट बारम्बार हुने गरेको छन।
विकट हिमाली छेत्र भएकोले यस्ता विषयहरु समाचारमा कम आउने गरेका छन।नेपाली सरकार जानकार रहे पनि कुनै ठोस कदम चाल्न सकिरहेको छैन सरकारको कुटनैतिक पहल कम भएका कारण चीनिया गतिविधि र नेपालीहरु माथी हुने दुरव्यबहार अझ बढदै गइरहेको छ।यस्को लागि नेपाल सरकारले जति सक्दो छिटो समस्या सामाधानको लागि पहल गर्न जरुरी देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया