होलि खेलिरहेका हिन्दु विद्यार्थी माथि पाकिस्तानमा आक्रमण , १५ घाईते

लाहोर : पाकिस्तानमा हिन्दू र गैर मुस्लिममाथि हुने अत्याचार कुनै नौलो कुरा होइन । पाकिस्तानमा हिन्दुहरू अल्पसंख्यक भएकाले उनीहरूले आफ्ना चाडपर्वहरू डराएर मनाउने गर्छन्। पाकिस्तानमा कट्टरपन्थी इस्लामिक विद्यार्थी संगठनले सोमबार होली खेलिरहेका विद्यार्थीमाथि आक्रमण गरेको छ । यो घटना पञ्जाब विश्वविद्यालयसँग सम्बन्धित छ, जसमा १५ जना विद्यार्थी घाइते भएका छन्। होली रङहरूको पर्व हो, तर पाकिस्तान जस्तो देशमा यी रङहरू कट्टरपन्थीहरूलाई खुर्सानी जस्तै लाग्छन्। यो घटनाको भिडियो अहिले सार्वजनिक भएको छ ।

होली मनाउन पञ्जाब विश्वविद्यालयको ल कलेजमा ३० हिन्दू विद्यार्थी भेला भएका थिए । विश्वविद्यालयका विद्यार्थी र प्रत्यक्षदर्शी कासिफ ब्रोहीले भने, “विद्यार्थीहरू कानून कलेजको क्याम्पसमा भेला हुँदा इस्लामी जमियत तुल्बा (आईजेटी) का कार्यकर्ताहरूले उनीहरूलाई होली मनाउन जबरजस्ती रोके, जसले झडप भयो। झडपमा १५ हिन्दु विद्यार्थी घाइते भएका छन् । ब्रोहीले आफूले विश्वविद्यालय प्रशासनबाट पूर्व अनुमति लिएको दाबी गरे ।