विश्वको नेतृत्व गर्न भारत माथि भरोसा गर्दै – जलवायु परिवर्तनको सामना गर्न गेट्स

नयाँ दिल्ली, एजेन्सी । जलवायु परिवर्तनलाई सन्तुलन बनाउन राख्न विश्वको नेतृत्व गर्न भारत माथि भरोसा गर्दै आएको माइक्रोसफ्टका सह संस्थापक विल गेट्सले बताएका छन् ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले जलवायु परिवर्तनसँग जुध्न नेतृत्व लिनका लागि विश्वले भारत माथि भरोसा गरिरहेको बताएका हुन् ।
“तपाईंसँग ७० करोड युवाहरू छन्, तपाईं सँग शैक्षिक संस्थाहरू छन् त्यसैले हामीलाई सारा संसारबाट नयाँ आविष्कार चाहिन्छ, तर विशेष गरी भारतबाट धेरै,” उनले भने । “भारत सबै प्रकारका अभिनव अनुप्रयोगहरू देखाउनको लागि अग्रणी छ,” उनले थपे ।