भारतमा चिसो, खोकी र ज्वरोको इन्फ्लुएन्जा भाइरस भाइरल

भारत, २१ फागुन । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का विज्ञहरूले देशमा विगत २÷३ महिनादेखि फैलिरहेको चिसो, खोकी र ज्वरोको कारण एक प्रकारको इन्फ्लुएन्जा भाइरस भएको बताएको छ ।
आईसीएमआरको भाइरस अनुसन्धान सँग सम्बन्धित एक संस्थानको वैज्ञानिकहरूले भनेका छन् कि विगत २÷३ महिनादेखि देशमा इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एनथ्रीएनटूका धेरै केसहरू रिपोर्ट गरिएको छ ।
जसका कारण अस्पतालहरूमा बिरामीहरूको संख्या बढेको छ । यसैबीच, इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार अहिले फैलिरहेको मौसमी ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । आईएमएले रुघाखोकी र फ्लूका बिरामीले परामर्श बिना एन्टिबायोटिकको प्रयोग नगर्न आग्रह गरेको छ ।