तिब्बती समुदायले मनाएको ल्होसारमा अमेरिकी, अस्ट्रेलियन र स्वीजरल्याण्डका राजदूत

काठमाडौंको जाउलाखेलस्थित शरणार्थी शिविर नजिक बिहीबार बिहान तिब्बती समुदायले नयाँ वर्ष २१५० मनाएका हुन्।
काठमाडौं : शरणार्थीको रुपमा नेपालमा बसोवास गर्दै आएका तिब्बती समुदायले तिब्बती नयाँ वर्ष मनाएका छन्। काठमाडौंको जाउलाखेलस्थित शरणार्थी शिविर नजिक खुला चउरमा बिहीबार बिहान तिब्बती समुदायले नयाँ वर्ष २१५० (खरायो वर्ष) मनाएका हुन्। nullतिब्बतीको नयाँ वर्ष मंगलबारबाट सुरु भएको हो। तिब्बती समुदायका सिमित व्यक्ति र कूटनीतिक क्षेत्रका प्रतिनिधिलाई निमन्त्रणा गरिएको कार्यक्रममा धार्मिक नेता दलाई लामाको तस्बिरमा अनुयायीले पूजा गरेका थिए।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्पसन, नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरलगायत नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो।