दुर्वयवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता
१० फाल्गुन २०७९, बुधबार

भारत, १० फगुन । भारतीय गायक सोनु निगममाथि साङ्गीतिक कार्यक्रमपछि गरिएको दुर्वयवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता भएको छ ।
समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै मुम्बईको चेम्बुर जिमखानामा सोनु निगमको लाइभ पर्फमेन्सपछि सेल्फी खिच्न अस्वीकार गरेपछि उनीमाथि हातपात भएको जानकारी दिएको हो ।
सोनु निगमले दिएको उजुरीका आधारमा चेम्बुर प्रहरीले स्वप्निल फटेर्पेकरविरुद्ध एफआइआर दर्ता गरेको छ । स्वप्निल शिवसेना विधायक प्रकाश फतेर्पेकरका छोरा हुन् ।
अधिकारीका अनुसार विधायकका छोरा विरुद्ध आईपीसीको धारा ३२३, ३४१ र ३३७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया