भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
७ फाल्गुन २०७९, आईतवार

भारत बाट अहिले पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँने गर्छ र नयाँ दररेट दिने बेला नयाँ मूल्य समावेश हुने गर्छ ।
ईन्डियन आयल अनुसार, आज माघ ४ गते फरवरी १६ तारिखमा नयाँ मूल्य सूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको हो ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५० पैसा आसपास घटेर आएको निगमले जनाएको हो । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ । नयाँ दरमा आएको पेट्रोलियम पदार्थ आउँदा नेपाल सरकारले के गर्छ भन्ने बारे चासोको बिसय बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया