भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौं, १ फागुन । नेपाल भारतको विदेश सचिव स्तरिय बैठक काठमाडौंको याक एण्ड यती होटलमा सुरु भएको छ ।
भारतीय विदेश सचिव विनयमोहन
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौंमा आइपुगेको हो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो याक एण्ड यती होटेलमा नेपाल–भारत सचिव स्तरिय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको बताइएको छ ।
बैठकमा सिमा सम्बन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी गर्नेछन । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन ।
नेपाल बसाइका क्रममा विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री सहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायत सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्ने छन । प्रधानमन्त्री प्रचण्ड सँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन ।
सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग भेट्ने कार्यक्रम तय गरिएको छ । विदेश सचिव क्ववत्राले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।