भूकम्प प्रभावित टर्कीमा भारत मानविय सहायतामा जुटे, अस्पताल सञ्चालनमा ल्याए

टर्की, एजेन्सी । हालै टर्कीमा गएको शक्तिशाली भुकम्पमा परेर ठूलो मानविय त्रासदी बेहोरिरहेका टर्किस नागरिकहरुलाई मानविय सहायता उपलब्ध गराउन भारत राहत पुर्याउनमा जुटेका छन् ।
भूकम्पपीडितलाई राहत उपलब्ध गराउन टर्कीको विभिन्न स्थानमा स्थापना गरिएको भारतीय सेनाको फिल्ड अस्पतालमा मेडिकल, सर्जिकल तथा आकस्मिक वार्ड, एक्स–रे प्रयोगशाला र मेडिकल स्टोर सञ्चालनमा आएका हुन् ।
यसलाई भारतको ‘अपरेशन दोस्ट’ अन्तर्गत स्थापना गरिएको छ । भूकम्प गएपछि भारतबाट टर्कीमा कम्तीमा ६ वटा विमान पठाइसकेको छ ।