१९० पाकिस्तानी हिन्दूहरूलाई भारत जान रोक !
२७ माघ २०७९, शुक्रबार

एजेन्सी। पाकिस्तानी अधिकारीहरूले १९० जना पाकिस्तानी हिन्दूहरूलाई भारत जान रोक लगाएका छन्। सिन्ध प्रान्तका हिन्दूहरू भारत तीर्थयात्रामा जान चाहेका थिए।’
मङ्गलबार सिन्ध प्रान्तका हिन्दू परिवार महिला तथा बालबालिकाहरूसँग भारत जान बाघा बोर्डर पुगेका थिए। उनीहरूसँग भिजा समेत थियो।
तर, आफ्नो उद्देश्य प्रष्टसँग नभनेको भन्दै पाकिस्तानी अधिकारीहरूले उनीहरूलाई रोकेका हुन्। अक्सर पाकिस्तानी हिन्दूहरू तीर्थयात्राको लागि भन्दै भारतको भिसा लिने गर्छन्। तर उनीहरू लामो समयसम्म भारतमै बस्ने गर्छन्। हाल राजस्थान र दिल्लीमा ठूलो सङ्ख्यामा पाकिस्तानी हिन्दू रहेको बताइएको छ।
सेन्टर फर पिस एण्ड जस्टिस पाकिस्तानका अनुसार हाल पाकिस्तानमा २२ लाख १० हजार ५६६ हिन्दू छन्। यो भनेको पाकिस्तानको कुल जनसङ्ख्याको १.१८ प्रतिशत हो।
पाकिस्तानको कुल जनसङ्ख्या १८ करोड ६८ लाख ९० हजार ६०१ छ।
पाकिस्तानका अधिकांश हिन्दू गरिब छन्। त्यहाँका मुस्लिम धर्मावलम्बीहरूको संस्कृति तथा परम्पार र भाषासँग उनीहरूको पनि मेल हुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया