भारतका विदेश सचिव क्वात्रा ३ दिने नेपाल भ्रमणमा आउने
२७ माघ २०७९, शुक्रबार

काठमाडौँ– भारतका विदेश सचिव बिनय मोहन क्वात्रा ३ दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् ।
परराष्ट्र सचिव भरतराज पौडेलको निम्तोमा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले समकक्षी पौडेलसँग भेटवार्ता गर्ने छन् भने राष्ट्रपति र विभिन्न दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारत भ्रमणको निम्तो पनि दिने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया