मोरारी बापूले गरे मायादेवी मन्दिरको दर्शन
२४ माघ २०७९, मंगलवार

भैरहवा,
भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औं राम कथा प्रवचन गर्न आएका बापुले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।
पहिलोपटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन् । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशी र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शांति र परम आनन्दको अनुभूति भइरहेको छ । म आफूलाई एकदम शौभाग्यशाली अनुभव गर्दैछु सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी पूजा समेत गरे ।
लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेम यज्ञ समितिको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू आएका हुन् । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुनेछ । वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया