के नेपाललाई लिएर चीनले अमेरिकालाई झस्काएको छ?

उपाध्याय एमसीसीको संसदीय अनुमोदनमा देखा परेको गतिरोध र वामपन्थी दलहरूको एकता जस्ता कारण अमेरिका पछिल्लो समयमा नेपालमा अलि बढी सक्रिय देखिएको ठान्छन्।

उनले भने, “राष्ट्रपति ओबामाको पालामा एसिया पिभट भन्ने एउटा नीति आयो। त्यसबेला देखि नै उनीहरूले चीनले तेस्रो विश्वमा सहायताहरू दिएर तीनलाई आफ्नो गठबन्धनमा लैजान थालेको अर्थमा लिए। त्यस्ता देशहरू चिनियाँ ढाँचामा जानसक्लान् कि भन्ने चिन्ता पनि उनीहरूमा थियो।”

उनले थपे, “नेपालमा माओवादी र एमाले मिलेर प्रचण्ड बहुमतकै सरकार बन्ने अवस्था आयो। त्यो बेला त्यसमा चिनियाँ हात छ भनेर पनि उनीहरू झस्किए। पछि चिनियाँ राष्ट्रपतिको नेपालमा भ्रमण भयो। हरेक क्षेत्रमा गम्भीर रूपमा चुनौती दिनसक्ने चिनियाँहरू भए भन्ने बुझाइ रहेको हुनसक्छ।”

झन्डै ६० अर्ब रुपियाँ बराबरको एमसीसीबाहेक अमेरिकाले उसको सहायता निकाय यूएसएडमार्फत सन् २०२२ देखि पाँच वर्षका लागि झन्डै ८० अर्ब रुपियाँ बारबारको परियोजना सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

सन् २०१५ देखि सन् २०२० सम्मको पाँच वर्षमा नेपाललाई अनुदान र ऋणसहित झन्डै ५० अर्ब रुपियाँ उपलब्ध गराएको बेइजिङले हाल ऊर्जा, सम्पर्क सञ्जाल जस्ता परियोजनामा लगानी गरिरहेको छ।