भारत सरकारको अनुदान सहयोगमा निर्मीत सर्लाहीको श्री रामसखी मोहित सिंह जनता माविको विद्यालय भवन उद्घाटन

माघ २०
सर्लाही जिल्लाको बलरा गाउँपालिका–४ बलारास्थित श्री रामसखी मोहित सिंह जनता माविको विद्यालय भवन उद्घाटन सम्पन्न भएको छ ।
उदघाटन समारोह मा भारतीय महावाणिज्य दूतावास, बीरगंज,का कन्सुलर जनरल नितेश कुमार, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह र बलारा नगरपालिका–सर्लाहीका मेयर रामाशंकरप्रसाद कुशवाहा ले संयुक्त रुपमा श्री रामसखी मोहित सिंह जनता माविको विद्यालय भवनको उद्घाटन गरेका छन । शिक्षा क्षेत्रमा भारत सरकारको अनुदान सहयोगमा विद्यालय निर्माण भएको हो । कार्यक्रममा वाणिज्य दूतावासका पदाधिकारी, स्थानीय सरकारका प्रतिनिधि तथा बलरा गाउँपालिकाका स्थानियको सहभागिता रहेको थियो ।

यो परियोजना भारत सरकारको अनुदान सहयोगमा सामुदायिक विकास परियोजनाका रूपमा शिक्षा क्षेत्रमा ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत अन्दाजी रुपैया ४४.३३ मिलियन सहयोगमा निर्माण गरिएको हो। भारतको स्वतन्त्रताको ७५ वर्ष पुरा भएको “आजादी का अमृत महोत्सव” अन्तर्गत नेपालमा उद्घाटन भइरहेका ७५ परियोजनामध्ये यो एउटा हो। ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान प्रत्येक तल्लामा छात्र र छात्राका लागि फर्निचर, विद्युतीय फिटिङ र सरसफाइ सुविधासहित तीन तले विद्यालय भवन निर्माण गरिएको छ। नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा पढाईको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लाको शिक्षाको विकासमा टेवा पुग्ने छ ।

२०२३ देखि, भारतले नेपालमा ५३२वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू लिएको छ र नेपालको सबै ७ प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, पानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताहरूको निर्माणको क्षेत्रमा जनस्तरमा ४७५ परियोजनाहरू पूरा गरेको छ। तीमध्ये सर्लाही जिल्लाका १७ लगायत मधेस प्रदेशमा ७४ एचआईसीडीपी छन्। विद्यालय भवनको लागि भारत सरकारको आर्थिक सहयोग सामुदायिक बालबालिकालाई लाभान्वित गर्न र उनीहरूको पढाईको अनुभवलाई बढावा दिनको लागि हो।

विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर भवन निर्माण गरिएको छ । भारत र नेपालले बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी साझा गर्दछ जसले दुवै देशका जनताको निकटता झल्काउँछ। यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारको प्रयासलाई पूरक बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।