नेपाललाई चर्काे ऋणमा डुबाएर चीनले दियाे धाेका, देश नै टाट पल्टिने खतरा

काठमाडौं । चर्काे ब्याजदरसहित चिनियाँ लगानीमा बनेकाे पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएकाे छ । विमानस्थलले आर्थिक व्यवभार धान्न नसकेर घाटामा जाने र चीनले श्रीलंककाे हम्बनटाेटा बन्दरगाहसँगै कब्जा गर्ने चिन्ता भइरहेकाे छ । यस्ताे बेला चीनले नेपालकाे चिन्ता झनै बढाउने निर्णय गरेकाे छ । पाेखरामा चिनियाँ पर्यटक भित्र्याएर थाेरै भए पनि आर्थिक व्यवभार धान्ने आश गरिए पनि चीनले आफ्नाे देशका नागरिकलाई नेपाल जाने नपाउने नियम अघि सारेकाे छ । नेपालकाे पर्यटन व्यवसायमै धक्का पुग्नेगरी छिमेकी चीनले प्रतिबन्ध नै हुनेखालकाे निर्णय गरेकाे हाे ।

कोरोना महामारीपछि पहिलो पटक चीनले विदेश घुम्न पाउनेगरी पर्यटन भ्रमण खुला गरेकाे छ । तर विदेश घुम्न पाउने चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा नेपाललाई राखिएकाे छैन । यसले एकातिर नेपाललाई ऋणमा डुबाउने, बिआरआई परियाेजना जबर्जस्त लागू गर्न खाेज्ने र अर्काेतिर उठ्नै नदिन अफ्ठेराे पार्ने नीति चीनले लिएकाे देखिएकाे छ ।

नेपाललाई छाडेर चीनले आफ्नो नागरिकलाई थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिना जान खुला गरेकाे छ । याे सँगै चिनियाँ पर्यटक अपेक्षा गरेअनुसार नआउने र यसले नेपालकाे अर्थतन्त्रमै धक्का पुग्ने चिन्ता विज्ञहरूले गरेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले चिनियाँ पर्यटक अपेक्षा गरेअनुसार नआउने र नेपालकाे पर्यटनमा असर गर्ने बताए ।