चीनको अगाडि भारतीय वायुसेनाको ‘शक्ति प्रदर्शन’ राफेल-सुखोईले देखाउनेछ शक्ति
१० माघ २०७९, मंगलवार

चीनसँग चलिरहेको गतिरोधको बीचमा, भारतीय वायुसेनाले उत्तरपूर्वी भारतमा ठूलो अभ्यास गर्ने भएको छ। यस युद्ध अभ्यासलाई ‘प्रलय’ नाम दिइएको छ। वायुसेनासँग सम्बन्धित स्रोतले सबै प्रमुख एयरबेसबाट ‘प्रलय’ अभ्यास गरिने बताएको छ। भर्खरै तैनाथ गरिएको ड्रोन स्क्वाड्रन पनि यसको एक हिस्सा हुनेछ।
चीनको घुसपैठलाई रोक्नका लागि भारतीय वायुसेनाले पूर्वोत्तरमा वास्तविक नियन्त्रण रेखानजिक ‘अभ्यास प्रलय’ लाई आयोजित गरिरहेको बताइएको छ। यो अभ्यास भारतले आफ्ना सबै प्रमुख विमानस्थलहरूमा आयोजना गर्ने भएको छ। आउँदो केही दिनहरूमा हुने भनिएको अभ्यासको आयोजन यस्तो समयमा भइरहेको छ जब भारतीय वायुसेनाले क्षेत्रमा एस-४०० वायु रक्षा स्क्वाड्रनलाई तैनाथ र सक्रिय गरिदिएको छ। जुन शत्रुको कुनै पनि विमान अथवा मिसाइललाई ४०० किलोमिटरको दुरीबाट नै मार्न सक्षम छ।
अधिकारीहरूका अनुसार यो अभ्यासमा वायुसेनाका प्रमुख लडाकु हतियारहरू, राफेल र सुखोई–३०, लडाकु विमानहरूका साथै परिवहन र अन्य विमानहरू देखिनेछन् । भारतीय वायुसेनाले हालै सिक्किम र सिलगढी कोरिडोर सेक्टरहरूमा प्रतिकूल गतिविधिहरूको निगरानी गर्नका लागि आफ्नो क्षमता बढाउन अन्य ठाउँहरूबाट ड्रोनहरूको एक स्क्वाड्रनलाई उत्तर पूर्वमा स्थानान्तरण गरेको छ। अधिकारीहरूका अनुसार डोकलाम क्षेत्रमा चिनियाँहरूले पनि आफ्नो गतिविधि लगातार बढाइरहेका छन् र भारतीय सुरक्षा एजेन्सीहरूको निरन्तर निगरानी गरिरहेका छन्।
हालैका महिनाहरूमा भारतीय वायुसेनाद्वारा गरिएको यो दोस्रो कमाण्ड-स्तरीय अभ्यास हो। शिलोङमा रहेको भारतीय वायुसेनाको पूर्वी कमानलाई उत्तरपूर्वी हवाई क्षेत्रको जिम्मेवारी दिइएको छ र यसले चीनसँगको सीमाको पनि निगरानी गर्दछ। जब चिनियाँहरूले एलएसीको एकदमै नजिक उडान भर्छन वा त्यहाँ भारतीय स्थानतर्फ अघि बढ्न खोज्छन् तब प्रायः उनका लडाकु विमानहरूलाई भारतीय वायुसेनाले खसालिदिन्छन्।
फेरवरी १ देखि ५ सम्म यो कमाण्ड स्तरीय अभ्यास हुनेछ जसमा पूर्वी वायु कमाण्डको युद्धको तयारीको परीक्षण हुनेछ। सुत्रअनुसार पूर्वी क्षेत्रका सबै उपकरणहरू जस्तै राफेल र सुखोई 30 MKI लडाकु विमानहरू यसमा प्रयोग हुनेछन्। यी जेटहरू हासिमारा, तेजपुर र चाबुआ एयर फिल्डबाट उडान भर्नेछन्।
गत वर्ष ९ डिसेम्बरमा अरूणाचल प्रदेशको तवाङको याङ्त्सेमा दुई देशबीच भएको झडपपछि वायुसेनाले उत्तरपूर्वमा दुई दिने युद्धाभ्यास गरेको थियो । तर स्रोतका अनुसार अर्को महिना हुन लागेको युद्धाभ्यास ठूलो मात्रामा हुनेछ र यसमा C-10 जे सुपर हर्कुलस, चिनुक र अपाचे आक्रमण हेलिकप्टर जस्ता धेरै प्लेटफर्महरूलाई पनि समावेश गरिनेछ।
चीनले लगातार तेस्रो वर्ष पूर्वी लद्दाखमा भारतसँगको सीमा नजिक ५० हजार सैनिक तैनाथ गरेको छ र यहाँ ठूलो मात्रामा भारी हतियार पनि राखेको छ । देप्साङ, डेम्चोक जस्ता रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा सेना हटाउने विषयमा अहिलेसम्म चीन भारतसँग वार्ता गर्न तयार छैन। यसका साथै चीनले सिक्किम र अरुणाचल प्रदेश नजिकै एलएसी नजिकै सेनाको तैनाथी बढाएको छ। यसले पूर्वी क्षेत्रमा ट्याङ्क र भारी हतियारसहित चार हजार ५०० सैनिकको दुईवटा संयुक्त हतियार ब्रिगेड तैनाथ गरेको छ।
चीनद्वारा गरिएको घुसपैठका घटनाहरूलाई रोक्नका लागि नै भारतले प्रलय नामक युद्धाअभ्यास गरिरहेको बताइएको छ। भारतको यो युद्धाभ्यासले चीनको मनमा चिसो पस्ने तय छ भने आफ्नो हरकतमा चीनले लगाम लगाउने विषयमा पनि सोच्न सक्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया