नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने
९ माघ २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्र्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि दबाब दिने निर्णय समेत गरेको छ ।
आफनो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया