होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

चीनिया पक्षको ७० प्रतिशत र नेपाली पक्षको ३० प्रतिशत लगानी रहेको होङ्सी सिमेन्ट उद्योगमा चीनिया पक्षको एकलौटी निर्णयले आर्थिक अबस्था निरन्तर बिग्रदै गएको र गल्ती सच्याउन चीनिया पक्ष तयार नभएपछि नेपाली लगानीकर्ताले संचालन समिती बाट बाहिरिने निर्णय गरेका छन।

नेपाली लगानी कर्ताहरुले होङ्सी सिमेन्टको भबिस्य नै संकटमा पार्ने गरि चीनिया पक्षलाई निर्णय नलिन र संचालक बोर्डलाई मात्रै स्वीकृती गराएर कार्यन्वयन गर्न बारम्बार सचेत गराउदा समेत केही नलागे पछि उनिहरु अलग हुने निर्णयमा पुगेका छन।होङ्सी सिमेन्ट उद्योगमा चीनिया पक्षले ब्यबस्थापनमा मनमौजी निर्णय गर्न थालेपछी लामो समय देखि नेपाली लगानी कर्ताहरु चीनिया लगानी कर्ता सङ असन्तुष्ट बनिरहेका थिए।

अरु सिमेन्ट उद्योग सङ्ग प्रतिस्पर्धा गर्न चीनिया लगानी कर्ताहरुले लागत भन्दा धेरै सस्तो मुल्यमा सिमेन्ट बिक्री गर्दा कम्पनिले धेरै नोक्सान ब्यहोरेको र जसका कारण ट्रक चालक ,किलन्कर किनेको रकम ,कोइला किनेको रकम र कर्मचारीको तलब नखुवाएको महिनौ भैसक्यो।चीनिया लगानी कर्ताको तानाशाही प्रबृत्तिको कारण उद्योगको अबस्था धरासाही बनेको नेपाली संचालक हरुले बताउदै आइरहेका छन।

चीनिया पक्षको दादा गिरि पछि नेपाली लगानी कर्ताहरु ६ महिना अघि नै होङ्सी सिमेन्ट बाट बाहिरिन चाहिरहेको थियो तर चीनिया पक्ष आफुहरु सच्चिन तयार रहेको र हरेक निर्णय बोर्ड बाट स्वीकृती भए पछि मात्रै लागू गर्न प्रतिबद्धता गरे पछी नेपाली पक्ष संचालनमा बस्न तयार भएका थिए।

तर चीनिया पक्षको बोली र कार्यशैली बिल्कुलै फरक भए पछि नेपाली पक्ष होङ्सी सिमेन्ट बाट बाहिरिएका छन।अहिले चीनिया पक्ष नेपाली सिमेन्ट उद्योग मार्ने र कालान्तरमा आफू मात्र राज गर्ने रणनीतिक नितिका साथ अघि बढेको छ यस्ले नेपालको अर्थ तन्त्रमा ठूलो असर पार्न सक्ने साथै नेपाली लगानी कर्ताहरुको लगानी डुब्न सक्ने खतरा बढेर आएको छ।चरम अस्वस्थ प्रतिस्पर्धामा चीनिया पक्ष उत्रिदा होङ्सी सिमेन्ट आर्थिक रुपमा टाट पल्टिन लागेको छ।संचालक बोर्ड भन्दा चीनिया लगानी कर्ता शक्ति शाली हुन खोजे पछि होङ्सी सिमेन्टमा चीनिया पक्ष र नेपाली पक्ष बिच खटपट सुरु भएको थियो।

नेपालमा हाल सम्म २२ वटा क्लिकर उद्योग संचालनमा छन जहाँ चीनिया लगानी रहेको छ।र्यासिन र होङ्सी चीनिया लगानिमा खुलेका उद्योग हुन जहाँ चीनिया मनोमानी रहदै आइरहेको छ।चीनिया तर्फका बोर्ड संचालक हरुले नेपाली संचालक हरुलाइ जति सक्दो लागत भन्दा कम मुल्यमा सिमेन्ट बेच्न चर्को दबाब दिने गरेकोले उद्योगमा चीनिया प्रबृत्ति बढेर धरासायी बन्ने खतरा रहेको नेपाली लगानी कर्ताहरुको भनाइ रहेको छ।होङ्सी बाहेक नेपालमा २० वटा स्वदेशी लगानिका सिमेन्ट उद्योग छन।

तर स्वदेशी उद्योगलाई सिध्याउन सस्तो भन्दा सस्तो मुल्यमा सिमेन्ट उधारोमा फ्याक्ने र नेपाली उद्योग बन्द भए पछि बिस्तारै सिमेन्टमा एकाधिकार जमाउने सोच बाट चीनिया पक्ष अघि बढेकोले नेपाली लगानी कर्ताहरुले उक्त कार्यको बिरोध गर्दै आइरहेका छन ।होङ्सी सिमेन्टका चीनिया लगानी कर्ता हरुले नेपाल सरकारका प्रभाबशाली ब्याक्ती,ठेक्का दिलाउने सस्था वा ब्याक्ती लगायत सबैलाइ प्रभावमा पारेर नेपाली उत्पादनलाई पुर्ण निषेध गरिरहेको छ।होङ्सि चिनबाट बैक ग्यारेन्टी ल्याएर नेपाली बैक बाट ऋण लिएर खुलेको उद्योग हो।यसमा ७० प्रतिशत चीनिया पक्षको लगानी छ भने ३० प्रतिशत नेपाली साझेदारको रहेको छ।