प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी , एमालेका देवराज घिमिरेको उम्मेदवारी
४ माघ २०७९, बुधबार

काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले छन् ।
संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइ सकेका छन् । घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका हुन ।
उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया