पाकिस्तानमा २ सय रुपैया किलो भन्दा महगो पिठो खान बाध्य , चरम आर्थिक संकटमा जनता
२ माघ २०७९, सोमबार

एजेन्सी – “पाकिस्तान अहिले श्रीलंकाको आर्थिक संकट भन्दा पनि खराब अवस्थाबाट गुज्रिरहेको छ। सबैभन्दा खराब अवस्था गिलगिट र बाल्टिस्तानको छ। यहाँ मुद्रास्फीति यति बढेको छ कि पीठोको मूल्य आकाश छोएको छ। मुठीभर पीठोको लागि लडाइँ भइरहेको छ। ।
बलुचिस्तानको राजधानी क्वेटामा सयौं बाइक सवारहरूले पीठोले भरिएको ट्रकलाई पछ्याउँदै गरेको देखिन्छ। पिठोको मूल्य प्रतिकिलो १५० रुपैयाँ नाघेको छ । यहाँका जनताको सरकारप्रतिको आक्रोश बढ्दै गएको छ । जनता सडकमा उत्रिएर भारतमा समावेश हुनुपर्ने माग गरिरहेका छन् । पाकिस्तानको अवस्थाको भिडियो भाइरल भइरहेको छ।
यो त्यही पाकिस्तान हो जसका पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टोले भारतलाई हराएपछि भनेका थिए– घाँस रोटी खानु परे पनि एटम बम बनाएर मर्ने छौँ । पाकिस्तानले कुनै न कुनै रूपमा परमाणु बम हासिल गरेको होला तर त्यसो गर्दा घाँसबाट बनेको रोटी खानु पर्ने जनताको अवस्था आएको छ । पाकिस्तान बाट संचालित आतंककारीहरु बिश्व मै बदनाम छ्न । भारतमा भएको विभिन्न आतंककारी हमलामा पाकिस्तानीहरुको मिलिमतो रहेको प्रमाणहरु फेला परेका हुन । अहिले पाकिस्तानमा महगीले जनता त्रास मै छ्न भने भारत बिश्वको पाँचौ सम्पन्न देशको शुचि उक्लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया