फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार

चीनले दक्षिण कोरिया र जापान यात्रा गर्ने यात्री माथि प्रतिबन्ध लगाउने भएको छ ।

दक्षिण कोरिया र जापानमा कोरोना संक्रमित बढेसँगै चीनले यस्तो निर्णय गरेको हो ।

चीनले कोरिया र जापानका नागरिकलाई छोटो अवधिको भिसा जारी गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि दुवै देशले चीनबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका थिए । यो निर्णयलाई चीनको बदलाको रूपमा हेरिएको छ ।

यता फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार गरेको छ ।