चीनमा कारले ठक्कर दिंदा ५ जनाको मृत्यु

एजेन्सी । चीनमा पैदलयात्रुमाथि जथाभावी कार चलाउने ब्यक्ति पक्राउ परेका छन ।

चीनको ग्वाग्झउमा एक ब्यक्तीले जथाभावी कार चलाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
घटनामा १३ जना घाइते भएका छन् । ठक्कर दिने बित्तिकै ती ब्यक्तिले कारबाट निस्केर हावामा नोट फालेपछी सर्वसाधारण आक्रोशित बनेका थिए ।

जानाजान सर्वसाधारणको ज्यान लिएको भन्दै आक्रोशित भीडले ती युवकमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । घटना लगत्तै पक्राउ परेका २२ वर्षीय युवकमाथि अनुसन्धान जारी छ ।