राप्रपाको माग पूरा, पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक बिदा दिने
२४ पुष २०७९, आईतवार

सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको सरकारको २० बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।
न्यूनतम साझा कार्यक्रमको १५ औँ नम्बरको ‘पर्यटन, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकको अन्तिममा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने ।’
राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै आएको थियो । योसँगै राप्रपा अब सरकारमा सहभागी हुने पक्का भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया