राप्रपालाई गठबन्धनमा नराख्न बाबुरामको सुझाव, भने–दुष्परिणाम नबिर्साैं
२४ पुष २०७९, आईतवार

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् । उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
गठबन्धन गर्दा लक्ष्मण रेखा पालना नगरिए ठूलो दीर्घकालीन क्षति हुन सक्ने भन्दै भट्टराईले सजग गराएका छन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सन आग्रह पनि गरेका छन् ।
राप्रपाले वर्तमान सरकारमा जान विभिन्न सर्तहरू राखेको छ । उसका सर्तहरू पूरा गरेर भए पनि सरकारमा सहभागी गराउने प्रयास एमाले र माओवादीले गरिरहेका छन् ।
कांग्रेसले गठबन्धनबाट अलग भएर आए राप्रपालाई प्रधानमन्त्रीकाे अफर गरेको समाचार पनि बाहिरएका बेला बाबुरामको यस्तो टिप्पणी आएको हो । राप्रपा संसद्काे चाैथाे ठूलाे शक्ति हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया