चीनको सांघाईमा ओमिक्रोनको नयाँ दुई उपप्रजाति भेटिए
२१ पुष २०७९, बिहीबार

सांघाई । चीनको सांघाईमा कोरोना भाइरसको दुई नयाँ उपप्रजाति भेटिएका छन्।
त्यहाँ हालै भएको अनुसन्धान अनुसार सांघाईमा ओमिक्रोन भेरिएन्ट बीक्यू १ र एक्सबीबी फेला परेको हो। सांघाई हेल्थ क्लिनिकल सेन्टरका अनुसार यी सार्स कोभ-२ का उपप्रजाति हुन्।
यसमा ३६९ भाइरल जिनोमको विश्लेषण गरिएको थियो। अनुसन्धान अनुसार बेइजिङ र क्वानचौमा बीएफ ७ र बीएफ ५.२ देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया