बलुचिस्तानलाई प्रान्तलाई किन दिएन पाकिस्तानले बजेट

बलुचिस्तान सरकारले केन्द्रले तुरुन्तै राष्ट्रिय वित्त आयोग पुरस्कार अन्तर्गत प्रान्तको हिस्सा जारी नगरेमा अर्को महिनाको तलब दिन नसकिने बताइएको छ।

गिलगिट(बाल्टिस्तान, खैबर पख्तुनख्वा र आजाद जम्मू कश्मीर पछि, बलुचिस्तान सबैभन्दा पछिल्लो संघीय इकाई थियो। जसले इस्लामाबादबाट आर्थिक सहयोग नपाएको गुनासो गरेको थियो।

प्रान्तीय वित्त विभागका अनुसार बलुचिस्तानले चालु आर्थिक वर्षको पहिलो पाँच महिना ९जुलाई(नोभेम्बर० मा एनएफसी अवार्ड अन्तर्गत संघीय स्रोतबाट १ खर्ब ३१ अर्ब रुपैयाँ प्राप्त गर्नुपर्ने थियो। तर, अहिलेसम्म १०१ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराइएको अर्थ विभागले दाबी गरेको छ।

३० अर्ब रुपैयाँको कमीले प्रदेशको लागि गम्भीर आर्थिक समस्या निम्त्याएको छ र तत्काल पैसा नदिएमा प्रदेश सरकारले आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने अर्थ विभागका एक वरिष्ठ अधिकारीले डनलाई बताए ।