कोरोना संक्रमितको संख्याबाट चिनियाँ अस्पतालमा ओभरफ्लो, यत्रतत्र शबबाट चीनमा क्रन्दन

वेइजिंग । कोभिड—१९ को महामारीबाट बेहाल बनेका चीनमा अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । अस्पतालहरुको शैयामा नागरिकहरुको शवबाट चीनभरी क्रन्दन एवं त्रास फैलिएका छन् ।
सि जिंनपिंगको हठपूर्ण नीतिबाट चीनमा ओभरफ्लो अस्पतालमा शव र खाली अक्सिजन सिलिण्डरको कारण अझ आउदो दिनमा यो भन्दा खराब अवस्था सृजना हुने स्वास्थ्य विज्ञहरुले बताएका हुन् ।
एपिडेमियोलोजिस्ट एरिक फिगल–डिङले दावी गरेका छन् कि बेइजिष्लको “शीर्ष स्तरको ए“ अस्पतालमा अक्सिजन ट्याङ्कीहरू सकिएको छ । अस्पतालमा शवहरू देखाइएको भिडियो रिट्वीट गर्दै, उनले दाबी गरे कि अस्पतालका शवहरू भरिएका छन्, औषधि र रगतको चरम अभाव छ, र वृद्धहरूमा मृत्युको संख्या बढिरहेको छ ।
उनले लेखे, “कोभिड–१९ अझै खराब हुँदैछ । तर अझै सरकारी अधिकारीहरुले मृत्युको खवर लुकाउनमा व्यस्त रहेका छन् ।” सि जिंगपिंगको हठको कारण चीनमा जनताहरुलाई नियमित खोप पुराउन गर्न सकियो न त जनताहरुको आधारभुत आवश्यक्तालाई ध्यान दिइयो मात्रै विस्तारवादी नीतिको दम्भमा लागि परेको कारण अहिलो चीनभरीमा जनताहरुको आक्रोश फुट्दै गएका छन् उनको राजीनामाको माग गर्दैैै प्रदर्शन पनि सुरु भएका छन् ।