रेशम चौधरीको रिहाइको माग गर्दै कावासोतीमा प्रदर्शन
३ पुष २०७९, आईतवार

नवलपरासी ।
पूर्वी नवलपरासीमा रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ। थारू कल्याणकारिणी सभा नवलपुरका आयोजनामा बिहीबार कावासोती १६ डन्डामा प्रदर्शन गरिएको हो।
उनीहरूले रेशम चौधरीको रिहाइ नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।
रेशम चौधरीलाई रिहा गर्, प्रधानमन्त्रीद्वारा जारी अध्यादेश स्वीकृत गर्, रेशम चौधरीलाई न्याय देजस्ता प्लेकार्डसहित उनीहरूले डन्डामा र्याली निकालेका हुन्। र्याली पछि डन्डामा कोणसभासमेत गरिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया