लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा
२८ मंसिर २०७९, बुधबार

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजबाट कार्यान्वयनमा आउने भएको छ। दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो।
दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। राजधानी घोषणा भएको २ वर्षसम्म पनि आस्थायी राजधानी बुटवलबाट कामकाज भइरहेको थियो। देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ।
यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन्। लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया