चिनियाँ सेनाको दादागिरीभारतीय भुमिमा आक्रमणमा दुबै तर्फका सेना घाईते
२७ मंसिर २०७९, मंगलवार

नयाँदिल्ली । शुक्रबार अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवाङ क्षेत्रमा भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् ।
न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । चिनियाँ पक्ष भने यस विषयमा केही बालेको छैन ।
समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ । तर यस्को पुष्टि भने भइसकेको छैन । मिडिया रिपोर्टका अनुसार १७ हजार फिटको उचाइमा झडप भएको हो । भारतीय भूमिमा ३०० चिनियाँ सैनिक घूसपैठको प्रयास भएपछि सो झडप हुन पुगेका दाबी गरिएको छ ।
घटनापछि कमाण्डरस्तरमा कुराकानी भएको छ भने दुवै पक्षका जवान विवादित क्षेत्रबाट पछि हटेका छन् । यो क्षेत्रमा दुवै देशले आफ्नो भूमि दाबी गर्दै आएका छन् । जुन विवाद सन् २००६ देखि नै जारी छ ।
यस पहिले १५ जुन २०२० मा लद्दाखको गलवान उपत्यकामा दुवै देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ तर्फका पनि ४ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया