आफूले दलको नेता दाबी गर्दा कुनै नेता चिढिएमा कुनै समस्या हुदैँन : सरल सहयात्री पौडेल

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीको प्रदेश संसदीय दलको नेतामा दाबी रहने बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ बाट निर्वाचित पौडेलले विधि निर्माण गरेर दलको नेता चयन हुनुपर्ने बताए ।

यदि आफूले दलको नेता दाबी गर्दा कुनै नेता चिढिएमा कुनै समस्या नहुने पौडेलले बताए । ‘कुनै सिनियर नेता विधिमा जाउँ भन्दा चिढिनुहुन्छ भने उहाँहरुको व्यक्तिगत समस्या हो । पार्टीलाई विधिमा बसाल्नुपर्छ भन्नु पार्टीको सम्पति हो’ रातोपाटीसँगको विशेष कुराकानीमा बोल्दै पौडेलले भने– ‘पार्टीलाई विधिमा लग्न सुनियर सिनियर भन्ने हुँदैन । मेरो जनेरेसनको ज जसको नाम लिनुभयो । मेरो जेनेरेसनको इतिहासले, आजको प्रतिस्पर्धाले, आजको पोजिसनले मेरो निरन्तरताले म कोहीसँग जुनियर होइन ।’  पार्टीलाई विधिमा बसाल्ने मामिलामा जुनियर सिनियर मान्दा नयाँ पुस्ताको मार्ग अवरुद्ध गर्ने पौडेलको तर्क छ ।

‘हामी मुख्यमन्त्री को हुने ? पार्टीको दलको नेता को हुने भन्ने विषयमा विधि निर्माण गर्नुपर्छ । त्यसमा २ वटा विधि छन् । एउटा  समझदारीको र अर्को चुनावी प्रतिस्पर्धाको विधि हुनसक्छ’ पौडेलले भने, ‘अब टिका लगाउने विधिबाटमुक्त हुनुपर्छ । समझदारी गर्दा हामीले नै गछौं ।  हामीले जुन जुन पदमा दाबी गछौं त्यसमा समझदारी हुने छ । त्यसमा सबैको एकमत भयो भने त्यहीँ गरेर पठाउने छौं ।’ यदि समझदारी नभएमा आपसी समझदारीबाट चुनावी प्रतिस्पर्धाबाट दलको नेता चयन हुने पौडेलले बताए । चुनावी परिणामले जस्तो नतिजा दिन्छ त्यसलाई सहर्ष स्वीकार गर्न तयार रहेको बताए ।

आफूले दलको नेता मात्रै दाबी गरेकाले मुख्यमन्त्री हुने रुपमा नबुझ्न पौडेलले आग्रह गरे । ‘दलको नेता हुँदा वित्तिकै मुख्यमन्त्री हुने कुरा उठाइन्छ । दलको नेता हुँदा वित्तिकै मुख्यमन्त्री हुन्छ भन्ने छैन’ उनले भने– ‘प्रदेशमा कसैको बहुमत छैन ।  सरकार बनाउँदा गठबन्धन बनाएर मात्रै सरकार बनाउने अवस्था भएकाले को हुने टुंगो छैन ।’

यदि आफू दलको नेता भएमा प्रदेश निर्वाचित संसदीय दललाई व्यवस्थित गराउने दाबी गरे । ‘दलको प्रमुख हुँदा बित्तिकै महिना महिनामा बैठक राख्न सक्छ । प्रदेश सरकारको समीक्षा महिना पिच्छे गर्न सक्छ । कुन  मन्त्री र सांसद ठीक ढंगले हिड्न सकेको छ छैन भन्ने विषयमा कन्ट्रोल गर्न सक्छ’ पौडेलले भने, ‘दलको नेता हुनु भनेको नीतिगत नेतृत्व लिनु हो । मुख्यमन्त्री हुनुभन्दा पहिला मुख्य कुरा नीतिगत र विधिगत उर्जा दिनको निम्ति दलको नेता दाबी गरेको हुँ ।’

दलको नेता सेरिमोनियल भएपनि आफूलाई काम गर्ने इच्छा भएको बताए ।आफूले दलको नेता दाबी गर्दा कुनै नेता चिढिएमा कुनै समस्या हुदैँन : सरल सहयात्री पौडेल