तालिवानमा क्रुर शासनको शुरूवात , सार्वजनिक भिडको सामुन्ने सजाय मौत
२३ मंसिर २०७९, शुक्रबार

एजेन्सी – “तालिबान सधैं आफ्नो निर्दयी सजायको लागि आलोचनाको सिकार भएको छ। 90 को दशकमा जब तालिबानले अफगानिस्तान कब्जा गर्यो, त्यसबेला मानिसहरूलाई यस्तो भयानक सजाय दिइयो कि त्यो सोच्दा पनि मानवको आत्मा काँपिन्थ्यो। अब जब वर्षौं पछि, अफगानिस्तानमा एकपटक फेरि तालिबानले सत्ता कब्जा गरेपछि फेरि यस्तो क्रूर सजाय पनि सुरु भएको छ ।हालै तालिबानले सयौं मानिसका अगाडि तीन जना महिलालाई कोर्रा लगाएको खबर आएको थियो ।अहिले एक व्यक्तिलाई सार्वजनिक जनताको अगाडि मृत्युदण्ड दिइएको छ ।
वास्तवमा, बुधबार तालिबान अधिकारीहरूले सयौं मानिसहरूको अगाडि हत्याको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएका थियो । अफगानिस्तानको इस्लामिक इमिरेट्स (आईईए) का उप प्रवक्ता बिलाल करीमीले भने कि अफगान इस्लामिक सर्वोच्च अदालतले फराह प्रान्तमा हत्या अपराधी विरुद्ध यो आदेश दिएको हो।
सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि यस्तो कडा नीति अपनाएको यो पहिलो पटक हो। सार्वजनिक मृत्युदण्डले देखाउँछ कि तालिबान इस्लामिक कानून वा शरिया कानूनलाई आफ्नो मनसायमा पालना गर्न कटिबद्ध भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया