चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै
२० मंसिर २०७९, मंगलवार

चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै गएको छ । कूटनीतिक तनाव र उपभोक्तामा आएको बदलावले उनीहरूका समस्या थपेका छन् । यसबाहेक, शून्य कोभिड नीतिका कारण बारम्बारको लकडाउनले आपूर्ति शृंखला भत्किनुका साथै काम गर्ने वातावरण पनि असहज बन्दै गएको छ । श्रमिक आन्दोलनले पनि समस्या नै थप्दै छन् । युरोपियन च्याम्बर अफ कमर्सले चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूसँग गरेको एउटा सर्भेमा ६० प्रतिशतले चीनमा व्यवसाय सञ्चालन गर्ने वतावरण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
केहीले आपूर्ति शृंखलालाई चीनबाहिर विविधीकरण गरिरहेका छन् । यी मुलुकमा ज्याला कम हुनुका साथै सञ्चालन वातावरण पनि कम चुनौतीपूर्ण छ । लत्ताकपडा उद्योगका निम्ति बंगलादेश र मलेसिया आकर्षक बन्दै गएका छन् । तर, थुप्रै बहुराष्ट्रिय कम्पनीका लागि चीन सामान बनाउने सस्तो ठाउँ मात्र होइन, यो सहज स्थान पनि हो । चीन विशाल म्यानुफ्याक्चरिङ बेसले चीनलाई यन्त्र तथा रसायनका निम्ति विश्वकै ठूलो बजार बनाएको छ । यद्यपि केही कम्पनीका लागि चीन निकै महत्वपूर्ण छ ।
द इकोनोमिस्टले ब्लुमबर्गको डाटा प्रयोग गरेर अमेरिका, युरोप र जापानका बहुराष्ट्रिय कम्पनीहरूको विश्लेषण गरेको थियो, जसले चीनमा ती कम्पनीको बिक्री–आकडालाई खुलासा गर्छ । तीमध्ये २०० ठूला कम्पनीको चीनमा गतवर्षको बिक्री सात खर्ब डलर थियो । यो उनीहरूको विश्वव्यापी बिक्रीको १३ प्रतिशत हो ।
पाँच वर्षअघि उनीहरूको विश्वव्यापी बिक्रीको नौ प्रतिशत हिस्सा चीनको थियो । यी २०० ठूला कम्पनीले चीनमा गरेको सात खर्ब व्यापारमा ३० प्रतिशत हिस्सा प्रविधि–हार्डवेयर क्षेत्रका कम्पनीको, २६ प्रतिशत उपभोक्तामुखी व्यवसायको र २२ प्रतिशतमा औद्योगिक एवं कार तथा वस्तु बिक्री क्षेत्रको साझेदारी थियो । एप्पल, बिएमडब्लु, इन्टेल साइमेन्स, टेस्ला र वालमार्टलगायत १३ बहुराष्ट्रिय कम्पनीले चीनमा वार्षिक १० अर्ब डलरभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूको एउटा हिस्सा पछिल्लो समय भूराजनीतिक टकरावको शिकार भएको छ । अमेरिकाले चीनलाई उन्नत चिप र चिप बनाउने उपकरणहरूको बिक्रीमा प्रतिबन्ध लगाएपछि यीमध्ये धेरैजसोको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । उनीहरूको ३० प्रतिशत बजार चीन हो । ताइवानको मुद्दालाई लिएर चीन र पश्चिमबीच सम्बन्ध चिसिन थालेपछि केही बहुराष्ट्रिय कम्पनीले चीनको बजारमा पहुँच भएन भने के गर्ने भनेर वैकल्पिक योजना बनाइरहेका छन् । स्थानीय कम्पनीहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमताले पनि उनीहरूको स्थितिलाई थप खराब बनाइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया