चिनियाँ भ्रमजालको भुमरीमा झापाको औद्योगिक टावर

भ्रमको मज्जा गज्जबकै हुन्छ  । भ्रमितसत्यले जीवन दृष्टिनै कुनै आग्रहतिर लतारिदिन्छ । जिवनको प्रतिक्रियालाई क्रिया बनाई दिन्छ  । चाहे त्यो व्यक्तिको कुरा होस वा कुनै मुलुकको प्रशासनीक गतीशिलताको कुरा होस । यस्तै भ्रमजालको रुपमा साबित हुदैछ चाइनाको बिआरआई परियोजना, छिमेकी गरिब मुलुकको लागि ।

चाइनाले छरेको विकास रुपी बिआरआईको भ्रमजाल क्रमश उजागर हुदै छ । बिकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मिय ऊर्जा फैलाउँदै बिआरआइ एकाइसौैं सताब्दीको स्वर्णीम युगका सपना छरियो । तर श्रीलकां ,पाकिस्तान र त्यसपछि बंगलादेशमा देखा परेको आर्थिक संकटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भ्यावह प्रवाह बढाएको छ ।

सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने चिनीया ‘कम्युनिस्ट’ का चाल, चरित्र, चित्र र चिन्तनको अहिले नेपालमा खुलेर बिरोध हुन थालेको छ । कम्युनिस्टको नाममा ‘जे–जे, गर–गर, बाह्य जति हस्तक्षेत्र जति गर’ भने कुराको चर्चा आम नेपाली माझ चलेको मात्र छैन खुला रुपमा बिरोध समेत हुन थालेको छ ।

णको रुपमा चिनको महत्वकाक्र्षी झापाको टावर वा पोखराको एयरपोर्ट निर्माण परियोजना पछि लुकेको सत्यलाई समयमै बुझिएन भने नेपालको आर्थिक अवस्था छिमेकी श्रीलकाकै गोरेटो तिर लागेको कुरालाई नकार्न सकिने अवस्था छैन । भ्रमबाट उम्कने हो भने, यति बुझ्नुपर्छ– कम्युनिस्टको नाममा चिन आफ्नो सैनिक सामरिक महत्वको कुरालाई बलियो पार्ने योजनामा सक्रिय छ ।

भित्रता, विश्वास र नेपालीको प्रतिबद्धता भन्दा पनि बिआरआईको बहानामा छेपारे भूमिकामा सैन्य पकड बलियो बनाउदै छ । अहिले श्रीलंका, बगंलादेश र पाकिस्तानको आवस्था दयनीय बन्दै गएको छ । त्यसमा पनि श्रीलंकाको प्रशासकिय र आर्थिक दुबै मोर्चामा अनेक कारणले गर्दा यो दिन देख्नु परेको हो ।

मुख्यरुपमा विदेशी कर्जाले बनाइएका परियोजनाहरु जसको आर्थिक नतीजा संदिग्ध रहयो । त्यसलाई निरन्तर अगाडि बनाउँने अदुरदर्शी कामले पनि मुलुकको आर्थिक अवस्थालाई जरजर बनायो । खास गरेर चिनिया ऋणको जालमा फसाउँने हम्बनटोटा पोर्ट यसको ज्वलन्त उदाहरण हो ।

श्रीलंकाका शासनकर्ताले ५१ अरब अमेरिकी डालरको ठुलो विदेशी कर्जाÞ प्रति रतीपनि सम्बेदनशील बनेनन् । यसमा पनि २८ अरब अमेरिकी डालर सन् २०२७ सम्म चुक्ता गर्नुपर्ने छ । आर्थिकबिज्ञको सहि सल्लाहबाट कामकाज गर्नु पर्नेमा असहमति र मनोपरि सरकारीतन्त्रले गर्दा श्रीलकां यो विस्फोटक अवस्थामा पुगेको हो ।

जसमा त्यहाँका विश्वसनीय राजनीतिक विपक्ष, स्वतंत्र र निडर न्यायपालिका, चुनाव आयोग र मीडियाको भूमिका समेत त्यस्तै रहेकोले गर्दा श्रीलकन जनताको तगारोमा अहिले सबै नेता परिरहेका छन् । नेपालको पनि स्थानिय चुनावमा देखिएको बालेन र हर्कको अप्रत्यासित जितलाई राजनेताहरुले प्रजातान्त्रिक बिद्रोहको सानो झिल्को को रुपमा लिनुपर्ने समयको चेतावनी हो ।