चीनमा एकै दिन ४ हजार भन्दा बढि कोरोना संक्रमित
१९ मंसिर २०७९, सोमबार

बेइजिंग । चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिनमा ४ हजार भन्दा बढी कोरोना संक्रमित विरामीहरुको संख्या भेटिएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ४ हजार २३३ मा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३० हजार ५३९ लक्ष्णविहिन संक्रमित थपिएका छन् ।
हाल रहेका संक्रमितमध्ये २४ घण्टामा २ हजार ८७७ निको भएका छन्।
हाल सम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ग्लोबल टाइम्स ।
फेसबुकबाट तपाईको प्रतिक्रिया