’मलाई मेरो साथी नरेन्द्र मोदी माथि भरोसा छ’ फ्रान्सका राष्ट्रपति म्याक्रोन

पेरिस । जी २० को अध्यक्षता सम्हालेका भारत प्रति निकै सौहादपूर्ण अभिव्यक्ति दिदै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि मलाई मेरो साथी नरेन्द्र मोदी माथि भरोसा रहेको बताए ।
फ्रान्सका राष्ट्रपति म्याक्रोनले भारतले जी २० को अध्यक्षता सम्हालेपछि प्रधानमन्त्री नरेन्द्र मोदी सँगको तस्बिर ट्विटरमा सेयर गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
“एक पृथ्वी, एक परिवार, एक भविष्य, मलाई मेरो मित्र मोदीले शान्ति र थप दिगो विश्व निर्माण गर्न एकसाथ ल्याउने विश्वास गरिएको छ,” म्याक्रोनले ट्विटरमा लेखेका छन् । यसअघि अमेरिकाले पनि भारतले अध्यक्षताको पदभार ग्रहण गरेकोमा “धेरै उत्साहित“ भएर विश्वलाई शान्ति एवं दिगो विकासमा भारतको भूमिकालाई सराहना गरेका थिए ।