रोहिंग्या मुसलमान बाङ्लादेशको लागि गम्भीर समस्या: शेख हसिना

बांग्लादेशकी प्रधानमन्त्री शेख हसीनाले रोहिंग्या शरणार्थीहरूको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेकी छन्। शेख हसीनाले संयुक्त राष्ट्रसॅंग यस मामिलामा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।

उनले भनिन्, रोहिंग्या मुसलमान शरणार्थीहरूले बांग्लादेशको अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव परिरहेका छन्। शेख हसीनाले संयुक्त राष्ट्र महासभाको 77औं सत्रमा भनिन्, बांग्लादेशमा लामो समयदेखि बस्दै आएका रोहिंग्याहरूले अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव पारेका छन्।

उनले रोहिंग्याहरूलाई लिएर कुनै पहल नहुॅंदा सीमा पारीबाट मानव अनि मादक पदार्थहरूको तस्करीसहित अन्य अपराधहरूमा वृद्धि भएको बताइन्। हसीनाले भनिन्, स्थितिले सम्भावित रूपमा कट्टरतालाई बढ़ावा दिन सक्छ। यदि समस्या बनिरह्यो भने यहॉं सुरक्षा र स्थिरतालाई प्रभावित गर्न सक्छ। 2017 मा म्यान्मारबाट बांग्लादेशमा रोहिंग्याहरूको पलायनलाई स्मरण गर्दै हसीनाले भनिन्, एकै जना पनि रोहिंग्यालाई म्यान्मारमा उनीहरूका पैतृक घरमा फर्काउन सकिएको छैन।

उल्लेखनीय छ, नेपालले पनि यो समस्या झेलिरहेको छ।