जसपा अध्यक्ष उपेन्द्रलाई जिताउन विदेशीहरू सक्रिय
२८ कार्तिक २०७९, सोमबार

काठमाडौं । मधेस विरोधी शक्तिसँग तालमेल, मधेसको मतलाई सत्ता तथा आफ्नो राजनीतिक स्वार्थमामात्रै उपयोग गरेका जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ कमजोर देखिएपछि उनलाई जिताउन विदेशीहरू सक्रिय भएका छन् ।
खासगरी चीन निकट मानिने उपेन्द्र यसपालि सप्तरी २ मा रेड जोनमा परेपछि जित्न अनेक हतकण्डा अपनाइरहेका छन् । जातीयता भड्काएर यादवको भोटले नतिजा उल्टाउनेदेखि दंगा गराएर माहोल आफ्नो पक्षमा पार्नेसम्मको तयारी उपेन्द्रको छ ।
यसैबीच हारको अवस्थाबाट उपेन्द्रलाई निकाल्न छिमेकी चीनका दूतहरू नोटका बिटा बोकेर राजविराजमा अड्डा जमाएर बसेका छन् । स्थानीय पत्रकारहरूले दिएको रिपोर्ट अनुसार आजकल राजविराजका होटलमा विदेशीहरू ज्यादा देखिएका छन् । त्यसमा पनि चिनियाँ एकदमै सक्रिय रूपमा मुभमेन्ट गरिरहेको देखिन्छ ।
जसपाका एक कार्यकर्ताले यो चुनावमा चिनियाँ मित्रहरूबाट ठूलो आर्थिक सहयोग प्राप्त भएको बताए । ञहाम्रो नेता उपेन्द्रजी देशलाई चाहिने, मधेसको प्रतिनिधित्व हो । उहाँ संसदमा आउनुपर्छ भन्ने छिमेकीको पनि चाहना सद्भाव छ, उनले भने ।
चिनियाँहरू उपेन्द्रलाई जिताउन पैसाको खोलो नै बगाइरहेका छन् । स्थानीय पत्रकारहरू मधेसमा कुनै नेता जिताउन चीन सक्रिय हुनु दुर्भाग्य भएको बताउँछन् । यसले मधेस विदेशी रणभूमि बन्ने उनीहरूको चिन्ता छ ।
जसपा स्रोतकाअनुसार अहिलेसम्म चिनियाँहरूले उपेन्द्रलाई जिताउन करिब १० करोड खर्च गरिसकेका छन् । हरहालमा उपेन्द्र संसदमा चाहिने भन्दै चिनियाँ वेपर्वाह खर्च लुटाइरहेका छन् ।
तर प्रारम्भिक रूझानमा सप्तरी २ उपेन्द्रलाई सहज नभएको इन्टलिजेनसकै रिपोर्टले देखाएको छ । किनकि जसपाकै कार्यकर्ता र मतदाता मधेस विरोधी शक्तिको रूपमा चिनिएको एमालेसँग गरिएको गठबन्धनले निराश र आक्रोशित छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया