एलोन मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने
२७ कार्तिक २०७९, आईतवार

अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी ह’नेछ ।
उनी इन्डोनेसिया जाने छैनन् बरु भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इन्डोनेसियाली अधिकारीले बताए । इलेक्ट्रिक कार निर्माता टेस्लाका समेत मालिक मस्कले बालीको रिसोर्ट टापुमा बी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।
विश्वको सबैभन्दा धनी व्यक्तिले सोमबार बी २० मा इन्डोनेसियाली टाइकुन अनिन्द्य बकरीसँग “वैश्विक प्राविधिक आविष्कारको भविष्यमा अवरोध“ विषयमा एक घण्टा लामो भर्चुअल छलफलमा भाग लिने मस्को सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया