‘सही उम्मेदवारलाई चयन गर्नुपर्छ’: यादव
२४ कार्तिक २०७९, बिहीबार

काठमाडौंः पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो मात्र नभइ आफ्ना सन्तति र भविष्यका पुस्ताका लागि सही उम्मेदवार चयन गर्न मतदातालाई आह्वान गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा बुधबार आयोजित चुनावीसभामा जसपा–एमाले गठबन्धनका उम्मेदवार यादवले भने, ‘तपाईको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाईले मात्रै होइन तपाईका सन्तति पनि दुःख पाउँछन्, त्यसका कारण सही उम्मेदवारलाई चयन गर्नुहोला ।’ उनी आफू जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै भने, ‘प्रदीप यादवको जित जसपा र एमाले दुबैको जित हो , प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुबै पार्टीका कार्यकर्ताको जित हो ।’
पर्सा–१ मा यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केही पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘२०७४ को चुनावमा जनताकै आशीवार्दले मैले चुनाव जिते, यादवले जनताको शिर कहिल्यै पनि झुक्न दिएन र आगामी दिनमा पनि झुक्न दिने छैन ।’ तर २०७४ भन्दा पहिले यस क्षेत्रमा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए रु यो सब जनतालाई थाहा नै भएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया