काँग्रेस नेतृत्वमा गठबन्धनको सरकार बन्ने — काँग्रेस प्रवक्ता महतको दाबी

नेपालीक काग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ मा हुने निर्वाचनबाट सत्तारुद्ध गठबन्धनको बहुमत आउने तथा काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ ।
सत्तारुद्ध गठबन्धनको पक्षमा देखिएको जनाधारबाट स्पष्ट भएको अगामी सरकार यसै गठबन्धनको हुने उनले दाबी गरेको हो ।
नेपाल प्रेस युनियन धनुषाद्धारा सोमवा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले काँग्रेसले संक्रमणको अवस्थालाई स्थायीत्व प्रदान गरेर जनआकाक्षा अनुरुप काम गरेर अघि बढिरहेको हुँदा जनताहरु पनि काँग्रेस गठबन्धनको पक्षमा मत हाल्न आतुर रहेको समेत स्पष्ट पारे । काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतदेखि नै विकास निर्माणको काममा गति दिनुका साथै जनताको जनजीविकाको सवालमा गम्भीर भएर अभिएको बताए ।
मधेशको लाइफलाइनको रुपमा रहेको पुर्व पश्चिम हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा नेकपा एमालेका अवरोधका कारणले पारित गराउन नसकेको भन्दै काँग्रेसको नेतृत्वमा बन्ने अगामी सरकारले नागरिकता समस्या लगायत आम नागरिकको हरेक समस्यालाई यथोचित रुपमा सम्बोधन गरेर समाधान गर्ने प्रष्ट पारे ।
कोरोना महामारीको समयमा मुलुक अस्तव्यस्त बनेको बेला कमिसनमा कुरा नमिलेपछि समयमा खोप खरिद नभएका कारणले धेरै जनताले अनाहकमा ज्यान गुमाउनु परेको बताउँदै काँग्रेस नेतृत्वमा सरकार बनेपछि खोप खरिद भएर जनताको जीउ धनको रक्षा गरेको दाबी समेत गरे ।
नेपाली काँग्रेसका नेता महतले विगतमा विग्रिएको परराष्ट्र सम्बन्धलाई वर्तमान गठबन्धन सरकारको कारण धेरै सुधार भएको तथा मित्र राष्ट्रहरुको सम्बन्धमा निकै सुधार एवं संतुलन बनाउने कार्य भएकोमा सन्तोष व्यक्त गरे । उनले सत्तारुद्ध गठबन्धनको पक्षमा मतादान गरेर देशलाई अराजकताबाट जोगाउनमा योग्यदान पुर्याउन आम नेपाली मतदाताहरु संग अपिल गरे ।