सिनजियाङमा उइग समुदाय माथि चीनले गरेको अपराधको ५० राष्ट्रद्धारा निन्दा
१६ कार्तिक २०७९, बुधबार

सिनजियाङ क्षेत्रमा अल्पसंख्य मुस्लिम समुदायका उइघुरहरू माथि चीनले गरेको दमन, शोषण, अत्याचार जस्ता अपराधको ५० देशले निन्दा प्रस्तावमा हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका छन् ।
संयुक्त राज्य अमेरिका, बेलायत, जापान, फ्रान्स र सोमालिया लगायतका हस्ताक्षरकर्ताहरूले उइघुरहरू माथि चीनको व्यवहार विरुद्ध संयुक्त राष्ट्र संघले “तत्काल ध्यान” दिन आग्रह गरेका हुन् ।
अगस्टमा संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा चीनले अतिवाद विरोधी नीति अन्तर्गत सिनजियाङमा मानवअधिकारको गम्भीर उल्लंघन गरिरहेको बताएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया