तिमलसिना र भटराई वलेरीमा मत माग्न घरदैलो कार्यक्रममा व्यस्त
१६ कार्तिक २०७९, बुधबार

रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमलसिना र ४ (क) बाट प्रदेश सभाका उम्मेदवार युवराज भटराई (समिर) यतिखेर मतदाताहरुलाई आफनो पक्षमा मत दिन घरदैलो अभियानलाई तिव्र बनाएको छ ।
सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार तिमलसिना र प्रदेश ४ क बाट माओवादीको उम्मेदवार भटराईले मतदाताहरुको घरदैलोमा यतिखेर गएर मत माग्ने कार्यक्रमलाई तिव्र बनाएको हो ।
मंगलवार विहानै देखि गठबन्धनका उम्मेदवार तिमलसिना र भटराई वृन्दावन नगरपालिकाको वडा नम्वर १ बलेरीका मतदाताहरुको घरदैलोमा पुगेर आशिर्वाद माग्नमा व्यस्त रहेको छन् । मतदाताहरु पनि तिमलसिना र भटराईको पक्षमा मतदान गर्ने आश्वसन दिएको छ ।
सत्तारुढ गठबन्धनको उम्मेदवारको पक्षमा रौतहटको क्षेत्र नम्वर ४ मा बढ्दो लोकप्रियतालाई देख्दा त्यस क्षेत्रमा गठबन्धनकै उम्मेदवार विजयी हुने सम्भावना बढेर गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया