महोत्तरीको भंगहामा कर्फ्यु हटाइयो
१२ कार्तिक २०७९, शनिबार

महोत्तरीको भंगहा नगरपालिका वडा नम्वर ८ पररियाटोलमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले पररियाटोलको अवस्था सामान्य भएपछि शुक्रबार राति १० बजेदेखि कर्फ्यु हटाइएको हो ।
१० गते बिहीबार भंगाहा नगरपालिका वडा नम्वर ८ स्थित पररियामा दुई समुदायबीच झडप पश्चात शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा ४ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।
गत बिहीबार हिन्दू र मुस्लिम समुदायका पक्षबीच झडप भएपछि अनिश्चितकालिन कर्फ्यु लगाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया