७० लाख बढी भेनेजुएलाका नागरिकले देश छाडे

आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौतीहरू सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ ।

भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देशह प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन् ।

कोलम्बियाका अधिकारीहरूले दिएको तथ्यांकअनुसार हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन् ।