चिनियाँ दबाबमा अपमान सहेर पनि एमाले मै रहे भीम रावल

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले पार्टीबाट टिकट नपाएपछि एमाले परित्याग गर्छन् भन्ने आकलनहरू भए। तर, ती आकलनहरूलाई नेता रावलले बिहीबार एक पत्रकार सम्मेलन गर्दै झुटा साबित गरिदिए।

यसअघि चीनले नेपालमा एमसीसी परियोजनाको चर्को विरोध गरेपछि चीनको पक्षमा उभिएका रावल भारतका हरेक विषयमा विरोध गरिरहेकै हुन्छन्। तर, उनी चीनले गरेको तीन वर्षभन्दा लामो समयदेखिको नाकाबन्दीको विषयमा चुइँक्क पनि बोल्दैनन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पटक-पटक अपमान गर्दा पनि अपमान सहेर नेकपा एमालेमा नै बसिरहेका छन्। उनले अध्यक्ष ओलीको आलोचना गर्न पनि छोडेका छैनन्। उनी पार्टीको कुनै भूमिकामा छैनन् भने संसदीय राजनीतिमा पनि टिकट नपाएपछि रोकिएको छ।

तर, पनि नेकपा एमालेमा नै रावल रोकिनुको मुख्य कारण भनेको चिनियाँ दबाब हो। नेपालमा चिनियाँ एजेन्टको रूपमा खटिएका नेताहरूमध्येका एक हुन्, नेता रावल। उनलाई चिनियाँ पक्षले एमाले नछोड्न दबाब दिएको छ। रावलले एमाले छोड्दा उनको भयको शक्ति पनि क्षय हुने भएका कारण रावललाई एमालेमै राख्नका लागि चिनियाँ पक्षले ठूलो मेहनत गरेको स्रोतहरूले जनाएको छ।

आगामी निर्वाचनपछि समाजवादी केन्द्र बनाउने र उक्त समाजवादी केन्द्रमा भीम रावललाई इन्ट्री गराउने चिनियाँ रणनीति रहेको छ। त्यस समयसम्म नेकपा एमालेको शक्ति परीक्षण पनि हुने र एमाले बलियो स्थितिमा रहेको अवस्थामा एमालेलाई नै बोकेर जाने र एमाले कमजोर बनेको अवस्थामा समाजवादी केन्द्रलाई अघि सार्ने चिनियाँ रणनीति रहेको छ।

पाँच पटक अछामबाट चुनाव लड्दा तीन पटक जितेका रावललाई ओलीले टिकट नदिने अडान लिए र दिएनन् पनि। उनीसँगै टिकट नपाएका घनश्यामले टिकट नपाएपछि पार्टी छोड्दा उनको आलोचनाका लागि एमालेले एक समूह नै परिचालन गरेको छ। तर, रावलले भने आफू एमालेमै रहने बताएका छन्।

उनले सकेसम्म एमालेमा रहेर एमालेका उम्मेदवारलाई नै पराजित गर्ने रणनीति अपनाएका छन्। भीम रावल एमालेमै रहेर भूमिका खेल्दा एमालेलाई बढी क्षति हुने देखेपछि चीनले रावललाई एक महिना भए पनि पदमै रहिरहन आग्रह गरेको स्रोतको दाबी छ।