घट्न थाल्यो पाकिस्तानमा रेमिट्यान्स
३० आश्विन २०७९, आईतवार

पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ । बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको हो । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो ।
गत महिना १०.५ प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अरब ७० करोड रेमिट्यान्स आएको थियो ।
सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स (युएइ)बाट आएको पाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया